काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निम्तो पठाएका छन् ।
आज कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले महाधिवेशनमा उपस्थित हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई निम्तो पठाएको बताएका हुन् ।
‘हामीले देशभरिका साथीहरुलाई आह्वान गरेका छौं, सबै साथीहरु आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यवहाक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्याइदिनु होला,’ उनले भने, ‘यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो,’ ।








प्रतिक्रिया