१४ असार २०८३, आइतबार

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा ‘वान टु वान’ वार्ता

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्की र ओलीबीच वान टु वान वार्ता भएको हो ।

उनीहरूबीच तीन घण्टा वार्ता भएको हो । कार्की र ओलीबीच आगामी निर्वाचनका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटमा अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बन्नुपर्ने र निष्पक्ष हुनुपर्ने बताएका थिए । एमाले निर्वाचनमा सहभागी भएर स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।