२९ असार २०८३, सोमबार

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघे संक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ ।

पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेको हो ।

हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ ।

माघेसंक्रान्तिमा तरुल खाने परम्पराका कारण माग बढ्दा बजारमा व्यापार पनि उल्लेख्य रूपमा बढेको हो ।

तस्वीरहरू-