४ असार २०८३, बिहिबार

यी हुन् एमाले गण्डकीका इञ्चार्जहरू

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । नेकपा (एमाले) ले गण्डकी प्रदेशका जिल्लामा इञ्चार्ज तोकेको छ ।

सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारी तोकिसेको छ । यसैगरी, ११ मध्ये १० जिल्लाका इञ्चार्ज पनि तोकिएका हुन् ।

जसअनुसार कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्ज तोकिएको हो ।