१४ असार २०८३, आइतबार

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए शपथ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको थियो ।

उपाध्यायले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

२१ पुसमा सम्पन्न बैंकको वार्षिक साधारण सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।