काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् ।
रास्वपाको उपसभापति बनेका घिसिङलाई प्रधानमन्त्री सुशिला कार्कीले पनि राजीनामा दिन दबाव दिएसँगै राजीनामा दिने भएका हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा कार्कीले राजनीति दलमा आवद्व भएर मन्त्री पदमा रहिरहँदा निष्पक्ष चुनाव हुनेमा विश्वस्त हुन नसकिने भएकाले राजीनामा दिन आग्रह गरेकी थिइन् ।
घिसिङ आगामी निर्वाचनमा काठमाडौं ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।








प्रतिक्रिया