२३ जेष्ठ २०८३, शनिबार

विप्लवसँग एकता हुदैन : वर्षमान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । उनले विप्लवसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि बताए । तत्कालीन नेकपा (एकीकृत समाजवादी) सँगको एकताको समयमा विप्लव छुटेको भन्दै भन्दै भविष्यमा आउन चाहे स्वागत गर्ने बताए ।

“विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपथ्र्यो, छुट्नुभयो,“ उनले भने, “अब आउनुहुन्छ भने स्वागत छ । अहिले त्यस्तो आउने सम्भावना हामीले देखेका छैनौँ तत्काललाई ।“

उनले नेकपा व्यवस्था र संविधान निर्माणका लागि लडेको पार्टी भएको भन्दै नयाँ पुराना कुनै पनि शक्तिसँग नडराएको जिकिर गरे ।