२९ आश्विन २०८३, बिहिबार

आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, मल्ल र आलम परेनन्

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

टोलीमा कुशल मल्ल र मोहम्मद आदिल आलम परेका छैनन् भने उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा छन् ।