१० असार २०८३, बुधबार

‘टाइगर कप २०८२’ माघ ९ गतेदेखि, टिकटिङ पार्टनरमा ‘खल्ती’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैठौं संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ ।

यस वर्ष माघ ९ गतेदेखि माघ १७ गतेसम्म पोखरा रङ्गशालामा हुन गइरहेको प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागि हुँदैछ, जसमध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ ।

यस प्रतियोगिताको टिकटको मूल्य ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् । राष्ट्रियस्तर मै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देशभरि कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुदप्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।”