काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र मधेशकेन्द्रित दलहरूसँग सहमति गरेर जाने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता प्रकास ज्वालाले भने, “राष्ट्रियसभा निर्वाचनका बारेमा जिम्मा संयोजक र सह संयोजकलाई दिने, सम्मानजनक सहमति भयो भने एकताबद्ध भएर जाने । मतभारको आधारमा तान्ने संख्यामा सहमति गरेर जानुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ ।”
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटमा चुनावी तालमेलका विषयमा छलफल नभएको उनले दाबी गरे ।







प्रतिक्रिया