२३ जेष्ठ २०८३, शनिबार

रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी छ ।

आज आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ ।

बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनबारे छलफल हुने भनिएको छ ।