काठमाडौं । नेकपा एमालेले राजधानी प्रदेश कमिटीको अध्यक्षमा नारायण सिलवाललाई जिम्मेवारी तोकेको छ ।
आज बसेको सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका पदमा जिम्मेवारी तोकेको हो । बैठकले बागमती, राजधानी र सम्पर्क विशेष संगठन कमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ ।
साविकको विशेष प्रदेश कमिटीलाई राजधानी प्रदेश कमिटी बनाइएको हो । यसअन्तर्गत ३ भौगोलिक जिल्ला, युवा–विद्यार्थी, उद्योग, मजदुर र पेशागत विशेष जिल्ला कमिटी रहने छन् । वागमती प्रदेशको १० भौगोलिक जिल्लालाई हेर्ने गरी अलग्गै प्रदेश कमिटी छ ।
यस्तै वागमती प्रदेश कमिटीमा सचिवमा बालकृष्ण देउजा र उपसचिव रमेश आचार्यलाई तोकिएको छ । उपाध्यक्ष प्रेमबहादुर महर्जन, सचिव मिलन धरेल र उपसचिवमा शशिजंग थापा र बेलीमाया घलेलाई चयन गरिएको छ ।
सम्पर्क विशेष संगठन कमिटीमा अध्यक्ष अशोक ठकुरी र सचिव कपिल ओलीलाई तोकिएको छ । यस्तै बैठकले भानुभक्त ढकालको संयोजकत्वमा पार्टी नियमावलीमा संशोधन समिति गठन गरेको छ । समितिको सदस्यमा माधव ढुंगेल र रमेश बडाल छन् । यसैगरी नीति अनुसन्धान प्रतिष्ठान निर्देशिकाको नियमावली संशोधनका लागि विष्णु रिमाललाई संयोजक तोकिएको छ ।













प्रतिक्रिया