३ श्रावण २०८३, आइतबार

कुनैबेला मादुरोभन्दा शक्तिशाली थिइन् सिलिया फ्लोरेस

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएला अहिले अन्तर्राष्ट्रिय चर्चामा छ । अमेरिका र ट्रम्प प्रशासनले भेनेजुएलामाथि आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर न्यूयोर्क लगेको छ । त्यहाँ उनीहरूविरुद्ध मुद्दा चलाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

भेनेजुएलाको पछिल्लो घटनाक्रमसँगै मादुरोको व्यक्तिगत र राजनीतिक जीवन पनि चर्चामा छ, विशेष गरी उनकी श्रीमती सिलिया फ्लोरेस ।

६९ वर्षीया फ्लोरेस भेनेजुएलाको राजनीतिमा धेरै प्रभावशाली मानिन्छिन् ।

शक्तिमा बलियो पकड राख्ने फ्लोरेसलाई मादुरोको सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति मानिन्छ र उनी कुनैबेला मादुरोभन्दा वरिष्ठ थिइन् ।

फ्लोरेस र मादुरोको भेट १९९० को दशकको सुरुमा भएको थियो, जब दुवै जनाले भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको सल्लाहकारको रूपमा काम गरेका थिए । सोही समयदेखि उनीहरूको सम्बन्ध व्यक्तिगत र राजनीतिक दुवै रूपमा बलियो बनेको थियो ।

चाभेजको निधनपछि मादुरो राष्ट्रपति बने र दुवैले १५ जुलाई २०१३ मा विवाह गरेका थिए ।