२० असार २०८३, शनिबार

चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

आमा र छोराका इमोस्नल सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । दुई दिमा २१ लाखभन्दा धेरैले हेरेको ट्रेलर राम्रो लागेको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

ट्रेलरहमा ६५ हजारभन्दा धेरै लाइक र १२ सयभन्दा धेरै कमेन्ट आएका छन् । ट्रेलरमा कथा मन परेको र सिनेमा पनि राम्रो रहेको अपेक्षा गरिएको कमेन्टमा देख्न सकिन्छ । कमेडीको फ्लेबर ट्रेलरमा देखिएको छ, यसकारण पनि ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

नेपाली चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको यो धेरै लामो समयपछि हो । यसले चलचित्र ‘गोबर गणेश’ दर्शकको प्रतिक्षा रहेका प्रष्ट पार्छ ।

“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (धुर्वे) भन्छन्, “सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” आम नेपालीको कथा सिनेमाले उठान गरेकाले चलचित्र धेरैले रिलेट गर्ने उनी बताउँछन् ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले निर्देशन गरेका छन् ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।