२९ जेष्ठ २०८३, शुक्रबार

शीतल निवासमा विश्वकपको ट्रफी सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा सार्वजनिक गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा ट्रफी सार्वजनिक गरेका हुन्।

ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल आइपुगेको हो । राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल र क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी थिए ।

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए।