२१ असार २०८३, आइतबार

आफू निकटका विशेष महाधिवेशन पक्षधर नेतासँग शेखरको छलफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका आफू निकटसँग छलफल गरेका छन् ।

कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन वैशाखमा गर्ने निर्णय गरेपनि महामन्त्रीहरूले विशेष महाधिवेशनको अडान नछाडेपछि आफूनिकटका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा सहमहामत्रीद्वय जीवन परियार, बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेलगायत सहभागी थिए ।

चालिसेको कुरा सुनेपछि कोइरालाले महाधिवेशन विवादमा मध्यमार्गी निकास खोज्नुपर्ने निष्कर्ष निकालेका थिए । त्यसो त कोइरालाले यसअघि शनिवार पनि आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरेका थिए ।

कोइराला निकटको भेलाले पार्टीले गरेको निर्णय मानेर जानुको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।