१ श्रावण २०८३, शुक्रबार

हिन्दुवादी प्रदर्शनपछि वीरगञ्ज फेरि तनावग्रस्त

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । हिन्दुवादी सङ्गठनहरूको प्रदर्शनपछि सोमबार बिहानदेखि वीरगञ्ज फेरि तनावग्रस्त बनेको छ।

धनुषामा भएको मस्जिद तोडफोडको घटनापछि आइतबार मुस्लिम समुदायले गरेको प्रदर्शनको प्रतिक्रिया स्वरूप सोमबार हिन्दुवादी समूह सडकमा उत्रिएका हुन्। उनीहरूले हिन्दु धर्म र देवीदेवतामाथि आपत्तिजनक टिप्पणी गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

दुवै समुदाय आमुन्नेसामुन्ने प्रदर्शनमा उत्रिएपछि सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित झडप रोक्न प्रहरीले मकालु चोक र छपकैया क्षेत्रतर्फ आवागमनमा अस्थायी रोक लगाएको छ।

स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्दोलनरत पक्षसँग संवाद प्रक्रिया सुरु गरेको जनाएको छ।