२८ आश्विन २०८३, बुधबार

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध रिटमा आज सुनुवाइ हुने भएको छ । रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

न्यायाधीश डा.मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ लागि पेशी तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठ २०८० सालमा जेलमुक्त भएका थिए ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो । त्यसपछि सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।