काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्व फौजदारी अभियोगमा छानबिन र कारवाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा आज सुनुवाइ हुने भएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, रामेछापका कल्याण बुढाथोकीसहितले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै २०७९ साल फागुन २३ गते सर्वोच्चमा रिट दिएका थिए ।
प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा १७ हजारमध्ये ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए ।
त्यो अभिव्यक्तिलाई लिएर प्रचण्डले पाँच हजार व्यक्ति मारेको जिम्मेवारी लिने साबिती बयान दिएको र त्यसका आधारमा तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय दिनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो ।








प्रतिक्रिया