चितवन । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको भरतपुरमा यही माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्षपनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुन लागेको हो ।
प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न देशका कृषिसम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहनेछन् । यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैंसी डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।
प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ । स्टल बुकिङ्ग तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजारदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूलाठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्याउने अनुमान गरिएको छ ।








प्रतिक्रिया