१ श्रावण २०८३, शुक्रबार

एमाले कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नामावली प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभा सदस्यका लागि नेत्रराज अधिकारी, अकबाल अहमद शाह, सेराज अहमद फारुकी र मिना कुमारी परियारको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीका संयोजक सिबी गहतराजले बैठकबाट उक्त नामहरू सर्वसम्मत रूपमा प्रस्ताव गरिएको जानकारी दिए ।

बैठकमा आगामी निर्वाचनको तयारी, संगठनात्मक गतिविधि तथा उम्मेदवार छनोट प्रक्रियाका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागी सदस्यहरूले समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखी उम्मेदवारको नामावली प्रस्ताव गरिएको बताएका छन् ।

साथै बैठकले आगामी दिनमा निर्वाचन केन्द्रित गतिविधिहरूलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । बैठकलाई नेकपा एमाले केन्द्रीय सदस्य शिव कुमारी चौधरी, एमाले नेता सुशील कुमार श्रीवास्तव, सराज अहमद फारुकी, साधु राम खनाल, नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंकबहादुर हमाल, गोपालबहादुर थापा, मिना कुमारी परियार लगायतले सम्बोधन गरेका थिए ।