९ असार २०८३, मंगलबार

रास्वपासँग दल र समूहको समायोजनसभा हुँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा केही दल र समूहको समायोजन घोषणा सोमबार हुने भएको छ । पार्टीका प्रवक्ता मनिष झाले नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट/थारूवान् अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सोमबार बृहत् राजनीतिक समायोजन घोषणासभा हुने जानकारी दिए ।

कार्यक्रम दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदै छ । २१ फागुनको निर्वाचनमा बलियो शक्ति बन्न रास्वपाले विभिन्न दल र समूहसँग एकता र समायोजन गरिरहेको छ ।