काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् ।
देउवाले पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न आफ्नो पक्षका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै डाकेका हुन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
तर, बैठकमा संस्थापन इतरका पदाधिकारीलाई नडाकिएको संस्थापनइतर पक्षका एक पदाधिकारीले पुष्टि गरे । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर असोज २८ मा केन्द्रीय कार्यालयबाट उपचारका लागि बिदा लिएका सभापति देउवाले कार्यवाहक फिर्ता लिएका छैनन् । त्यसयता उनी कांग्रेसका बैठकमा पनि सहभागि छैनन् ।
तर, संस्थापनइतरका नेता डा. शेखर कोइरालादेखि महामन्त्रीद्वयसम्मले पनि देउवासँग उनकै निवासमा पटकपटक छलफल गरिरहेका छन् ।
यता, संस्थापन पक्षका कार्यवाहक सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीले देउवाकै सल्लाहमा मात्र काम गरिरहेका छन् । असोज २८ मा कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर गएपछि नटुंगिएको बैठक देउवाकै सक्रियताबाट मंसिर १५ मा टुंगिएको थियो ।
त्यसयता पनि सभापति देउवाले लगातार बैठक र छलफल जारी राखेका छन् ।








प्रतिक्रिया