काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलास मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिकामा नियुक्त गर्ने निर्णय गरेको छ ।
रोयटर्सका अनुसार अदालतले रोड्रिगेजलाई अन्तरिम नेतृत्व सुम्पिनु प्रशासनिक निरन्तरता सुनिश्चित गर्न तथा राष्ट्रको समग्र रक्षा गर्न आवश्यक भएको जनाएको छ ।
सर्वोच्च अदालतले राष्ट्रपति मदुरोको अनुपस्थितिको सन्दर्भमा राज्य सञ्चालन, सरकारी प्रशासनको निरन्तरता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा सुनिश्चित गर्न लागु हुने कानुनी संरचना निर्धारण गर्ने विषयमा थप छलफल गरिने पनि बताएको छ ।
यस निर्णयसँगै भेनेजुएलामा राजनीतिक अवस्थाले नयाँ मोड लिएको विश्लेषकहरूको भनाइ छ । राष्ट्रपति मदुरोलाई अमेरिकाले कब्जा गरेर न्यु योर्क पु¥याएको छ ।















प्रतिक्रिया