काठमाडौं । क्युबाले भेनेजुएलामाथि अमेरिकी आक्रमणको निन्दा गरेको छ । क्युबाले भन्यो कि अमेरिकाले भेनेजुएलाका जनताविरुद्ध राज्य आतंकवाद गरिरहेको छ ।
शनिबार क्युबाली राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रलाई लामो समयदेखि शान्ति क्षेत्र मानिएको छ, तर अहिले यो शान्ति क्रूरतापूर्वक भंग भइरहेको छ ।
क्युबाले अमेरिकाको यो कदम भेनेजुएलाको सार्वभौमिकतामाथिको आक्रमण मात्र नभई सम्पूर्ण क्षेत्रको स्थिरताका लागि खतरा भएको उल्लेख गरेको छ ।
क्युबाले यस विषयमा मौन नबस्न र अमेरिकाको यो आपराधिक आक्रमणको खुलेर विरोध गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ ।
क्युबाका अनुसार कुनै पनि देशलाई अर्को देशविरुद्ध यस्तो सैन्य कारबाही गर्ने अधिकार छैन ।








प्रतिक्रिया