१५ असार २०८३, सोमबार

भेनेजुएलाकी उपराष्ट्रपतिले मागिन् मदुरो दम्पती जीवित भएको प्रमाण

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति देल्सी रोद्रिगेजले मदुरो दम्पती जीवित भएको प्रमाण मागेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकले मदुरो दम्पती पक्राउ गरेर भेनेजुएलाबाहिर ल्याएको बताएपछि उपराष्ट्रपतिले ट्रम्पलाई यो आग्रह गरेकी हुन् ।

मदुरो पक्राउअगाडि अमेरिकाले भेनेजुएलाका विभिन्न सैन्य तथा नागरिक पूर्वाधार क्षेत्रमा हमला गरेको थियो । सदनमा बम हानेर ध्वस्त गरिएको थियो । भेनेजुएलाको इन्धनमा अमेरिकाले आँखा लाएर आक्रमण गरेको उपराष्ट्रपति रोद्रिगेजले एक मिडियासँग अन्तर्वार्तामा बताएकी छन् ।