काठमाडौं । न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
पुलिसविरुद्ध न्यु डायमन्ड २५–१८, २५–१९ र २५–१८ को सेटमा विजयी भएको हो । न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो । फाइनल अघिसम्म अपराजित रहेको पुलिस भने फाइनलमा चुक्यो ।








प्रतिक्रिया