२७ जेष्ठ २०८३, बुधबार

शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ । पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्थिती रहेको देखिन्छ । यस अवसरमा व्रतालुहरू विशेषगरी शाली नदीमा स्नान तथा तीर्थयात्राका लागि जाने गर्दछन् । माघ महिनाभर शाली नदी क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गर्दछ ।