काठमाडौं । मुक्तिनाथ विकास बैंकले २०औँ वर्षमा प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उपादकत्व वृद्वि र किसानको दिगोपना अभिवृद्वि गर्ने उदेश्यले मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले विशेष सम्बोधन गरेका थिए । उनले सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तारका लागि सबै सरोकारवालाहरुमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउने क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य श्रृंखलामामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने योजना बनाउन सके मात्रै कृषि क्षेत्रमा ठोक विकास गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा की नोट स्पीकरको रूपमा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले नेपालमा कृषि उद्यममा लगानीको चुनौती र अवसरहरू विषयमा प्रस्तुति दिए । कार्यक्रममा प्यानल डिस्कसनको पनि आयोजना गरिएको थियो । प्यानल छलफलमा नेपालमा कृषि उद्यम कसरी फस्टाउन शीर्षक राखिएको थियो ।
यो छलफलले नियमक निकाय, वित्तीय सेवा प्रदायक, उद्योग वाणिज्य र कृषकको सामूहिक छलफल र विचार प्रस्तुतिले कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्नु पर्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत परिमार्जन गर्दै व्यवहारिक बनाउनु पर्ने, वित्तीय संस्थाहरुलाई कृषि लगानीमा वाध्यकारी भन्दा उत्प्रेरणात्मक वातावरण बनाउनु पर्ने, कृषि लगानीलाई मूल्य श्रृङखलासंग जोडेर सहकारीता प्रवद्र्धन गर्नुपर्ने, प्रदेश स्तरमा भण्डारण, नमूना खेती, र बजारको सुनिश्चितता गर्नु पर्ने, वित्तीय पहूँच अझै सहज बनाउनु पर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने, कृषि उद्यमशीलताको विकासमा स्थानीय निकायले भूमिका खेल्नु पर्ने, कृषिलाई प्रविधिमैत्री बनाउँदै लागत घटाउने र गुणस्तर बृद्धि गर्ने तर्फ जोड दिनुपर्ने, कृषि उत्पादनको आधारहरु गुणस्तरीय बीउ, मल, सिंचाई र यन्त्र उपकरणहरुको सहज उपलब्धता हुनु पर्ने, कृषि बीमाको सहजता र व्यापकता हुनुपर्ने आदिबारेमा व्यापक छलफल भई निचोड निकालिएको थियो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कार्यक्रममा स्वागत मन्तब्य बैंकका सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए भने कार्यक्रमको सारसंक्षेप टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् ।









प्रतिक्रिया