२९ आश्विन २०८३, बिहिबार

क्रिकेटर करण केसीले को सँगे गरे इन्गेजमेन्ट ?

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेटर करण केसीले इन्गेजमेन्ट गरेका छन् ।

उनले चलचित्र पत्रकार वर्षा बस्नेतसँग इङ्गेजमेन्ट गरेका हुन्। अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर सेयर गरेकी छन्।

करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।

इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र फ्यानहरूमा उत्साह छाएको छ।