३२ असार २०८३, बिहिबार

रवि–बालेन–कुलमान एकतामा प्रचण्डले देखे अदृश्य शक्ति

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीचको एकतालाई संकेत गर्दै अदृश्य शक्तिले मिलाएको हुनसक्ने आशंका गरेका छन् ।

सङ्खुवासभामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुको एकता स्वाभाविक नभई दबाबमा भएको जस्तो देखिएको टिप्पणी गरेका हुन् । प्रचण्डले अदृश्य शक्तिले जबरजस्ती अपहरण शैलीमा लगेर उनीहरूलाई एकता गराइदिएको कुरा आफूले टेलिभिजनमा सुनेको उल्लेख गरेका थिए ।

यसअघि प्रचण्डले कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभामा कुलमानले ‘जुन थालमा खाए, त्यही थालमा छेद हालेको’ टिप्पणी गरेका थिए ।