२६ असार २०८३, शुक्रबार

आयोगको चेतावनीपछि प्रचण्ड र देउवाले बुझे पत्र

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनमा क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ ।

यसअघि आयोगले घटनाबारे धारणा माग गरेकामा देउवा र प्रचण्डले नमानेपछि आयोगले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनी दिएपछि म्याद बुझेका हुन् ।

व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए । तर सूचना प्रकाशित हुने आयोगको चेतावनीपछि बल्ल उनीहरूले पत्र बुझेका हुन् ।

उनीहरूले लिखित जवाफ पठाए हुने आयोग स्रोतले जानकारी दिएको छ ।