११ असार २०८३, बिहिबार

वृक्षारोपणका लागि बाँकेको नर्सरीमा बिरुवा उत्पादन गरिँदै (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि बिरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।

कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू उत्पादन गरी स्थानीय उपभोक्ता, सामुदायिक वन तथा विभिन्न सार्वजनिक संस्थालाई वितरण गर्ने तयारी गरिएको छ ।

बिरुवा उत्पादन अभियानमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ । नर्सरीमा भइरहेको यो गतिविधिले हरियाली प्रवर्द्धन, वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।