काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
बैठक बोलाउनुअघि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए ।








प्रतिक्रिया