काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ताका लागि सरकारले समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भुषालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको हो । वार्ता टोलीमा ३ सदस्य रहेका छन् ।
सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।
विभिन्न माग राख्दै भुषाल दश दिनदेखि अनशनरत छन् ।








प्रतिक्रिया