काठमाडौं । राजधानीको प्रिमियम फाइन–डाइनिङ गन्तव्यका रूपमा स्थापित भिनोलिया रेष्टुरेन्ट एण्ड बारले आज डिसेम्बर ३१, न्यु इयर ईभ २०२६ को अवसरमा विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य उत्सव आयोजना गर्दैछ।
चिभास रिगल प्रिजेन्टस् शीर्षकमा सञ्चालन हुने “काउन्ट् डाउन टू एन अनफर्गटएबल नाइट” कार्यक्रमले नयाँ वर्षको स्वागतलाई अझ यादगार बनाउने तयारी गरिएको हो । न्यु इयर ईभको मुख्य आकर्षणका रूपमा लोकप्रिय गोर्खाली तक्मा ब्यान्डले लाइभ प्रस्तुति दिनेछ। साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रममा लाइभ म्युजिक, काउन्टडाउन सेलिब्रेसन र प्रिमियम फाइन–डाइनिङको उत्कृष्ट संयोजन रहने रेस्टुरेन्ट व्यवस्थापनले जानकारी दियो ।
छोटो समयमै उच्चस्तरीय सेवा, स्वाद र वातावरणका कारण पहिचान बनाइसकेको भिनोलिभा एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा सञ्चालन भइरहेको छ। रेस्टुरेन्टका अध्यक्ष एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासी) रहेका छन् भने लोक दाहाल (बेल्जियम), राज रेग्मी (कतार) र ईश्वर सापकोटा (जापान) सञ्चालकका रूपमा संलग्न छन्। अनुभवी एनआरएनए टोलीको व्यवस्थापनका कारण गुणस्तर, स्वच्छता र अन्तर्राष्ट्रिय सेवा मापदण्डमा भिनोलिभाले उदाहरणीय छवि बनाएको छ। न्यु इयर ईभलाई लक्षित गर्दै रेस्टुरेन्टले आकर्षक छुट योजनासमेत सार्वजनिक गरेको छ। टेबल प्रि–बुकिङमा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै मेनेजर तिलक खत्रीले सीमित सिटका कारण अग्रिम बुकिङ गर्न आग्रह गरे ।
भिनोलिभाको बहुपयोगी संरचनाले यसलाई अझ विशिष्ट बनाएको छ। लाइभ किचेन, विशाल मुख्य हल, क्लासी रूफटप र पूर्ण गोपनीयताका लागि प्राइभेट रुमको सुविधा रहेको यस रेस्टुरेन्ट पारिवारिक जमघट, कर्पोरेट कार्यक्रम र विशेष पार्टीका लागि उत्तिकै उपयुक्त छ। नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू अनुभवी सेफद्वारा लाइभ किचेनमा तयार गरिनु, आधुनिक सजावट, आरामदायी बैठक व्यवस्था र फाइभ–स्टार स्तरको सेवा भिनोलिभाका मुख्य विशेषता हुन्।
यसका अतिरिक्त बालबालिकाका लागि खेलकुद सामग्रीको व्यवस्था, आकर्षक संगीतयुक्त माहोल र प्रिमियम पेय–पदार्थको संयोजनले न्यु इयर ईभलाई अझ रंगीन बनाउने अपेक्षा गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूको साथ र सहयोगमा आयोजना हुने यस उत्सवले राजधानीवासी तथा पाहुनालाई उच्चस्तरीय स्वाद, सेवा र मनोरञ्जनको अविस्मरणीय अनुभव प्रदान गर्ने व्यवस्थापनको दाबी छ।
नयाँ वर्ष २०२६ मा पनि अझ विशेष कार्यक्रम, नयाँ स्वाद र उत्कृष्ट सेवाका साथ भिनोलिभा रेस्टुरेन्टलाई अगाडि बढाइने योजना रहेको व्यवस्थापनले स्पष्ट पारेको छ।








प्रतिक्रिया