२५ जेष्ठ २०८३, सोमबार

ग्यास ट्यांकर पल्टिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २४ घण्टापछि सुचारु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहानदेखि पुनः खुलेको छ ।

भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि सडकखण्ड अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा ट्यांकर हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो । करिब दुई घण्टासम्म सुरक्षा मापदण्ड पूरा गर्दै सडक सफा गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भनेको छ कि सडक पूर्ण रूपमा सुरक्षित भएपछि मात्रै सवारी साधन सञ्चालन अनुमति दिइएको थियो । लामो समयको जामपछि अहिले सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।