४ श्रावण २०८३, सोमबार

सुनचाँदीको मूल्य घट्यो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।