२९ जेष्ठ २०८३, शुक्रबार

उद्योग वाणिज्य महासंघले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।

महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए । उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ । साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह, नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।