काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले अनुहारले नभई संगठन र विचारले राज्य सञ्चालन हुने बताएकी छन् ।
वैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालीन नहुने स्पष्ट पारिन् ।
‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालीन हुँदैन’ अर्यालले लेखेकी छन् ।
अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गरिन् । ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरुलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउँछ’ अर्यालको भनाइ छ ।









प्रतिक्रिया