काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औं बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै, विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरेको छ ।
यस्तै, आजै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सिंहदरबारस्थित समिति कक्षमा बस्ने बैठकमा सर्ने तथा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशासम्बन्धी विषयमा छलफल गरिनेछ ।








प्रतिक्रिया