१५ असार २०८३, सोमबार

उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।