१८ असार २०८३, बिहिबार

रास्वपासँग मिलेपछि कुलमानसँग चिडिए लावती, समानुपातिकमा रहन अस्वीकार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेपछि प्रा.डा. महेन्द्र लावती असन्तुष्ट भएका छन् । उनले आफूहरूसँग सल्लाह नै नगरी कुलमान रास्वपासँग मिल्न गएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाम समानुपातिकको बन्दसूचीमा समावेश गरेकामा अस्वीकार गरेका छन् । आफूहरूसँग सल्लाह नगरिएको भन्दै समानुपातिक सूचीमा आफ्नो नाम राखिएको भन्दै उनले अस्वीकार गरेका हुन् ।

उनको नाम रास्वपाको आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बरमा छ ।

गणतन्त्र, धर्म निरपेक्ष राज्य, सङ्घीयता र समानुपातिकताका विषयमा पार्टीले स्पष्ट धारणा सार्वजनिक नगरे आफूहरू रास्वपासँग नरहने उनले स्पष्ट पारे ।