काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नहुने स्पष्ट पारेका छन् ।
पत्रकारहरूसँगको भेटघाटका क्रममा सभापति देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा असर पुग्ने हुनाले विशेष महाधिवेशन हुँदै नहुने बताएका हुन । तर सबै मिलेर गर्ने भए आफूले नरोक्ने उनको भनाइ छ ।
उनले भने, ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन । विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ । त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’








प्रतिक्रिया