१० असार २०८३, बुधबार

कांग्रेसको समानुपातिक बन्दसूचीको जनजातिमा आङ्देम्बे र खस आर्यमा केसी अग्रस्थानमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान सूची बुझाएका हुन्।

पार्टीको बन्दसूची अनुसार आदिवासी जनजाति समूहबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई पहिलो स्थानमा राखिएको छ। खस आर्य समूहको शीर्ष स्थानमा भने वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम समावेश गरिएको छ।

कोशी प्रदेशबाट सिफारिस भई आएका आङ्देम्बे पछिल्ला दुई आम निर्वाचनमा एमालेका वसन्त नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। निरन्तर पराजय र जिल्लामा कमजोर बन्दै गएको सांगठनिक आधारका कारण यसपटक उनी समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गर्ने प्रयासमा देखिएका छन्।

उता, २०३८ सालदेखि लगातार चुनावी राजनीतिमा सक्रिय रहँदै आएका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले यसअघि प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्। सोही पृष्ठभूमिमा उनी खस आर्य समूहको प्राथमिकतामा परेका हुन्।

कांग्रेसको बन्दसूचीलाई पार्टीभित्र अनुभव र समावेशितालाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिएको छ।