काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको चाहना र देश हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उज्यालो नेपालको एकीकरणपश्चात् उनले प्रतिक्रिया दिएका हुन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपासँग उज्यालो नेपालको एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिइएको उल्लेख गरेका छन् । उनले दुई पार्टीबीच ‘ऐतिहासिक एकीकरणको सहमति’ भएको बताएका छन् ।
“उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ,” उनले लेखेका छन्, “यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ ।”
उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन सबैको साथ र सहयोग रहने उनले विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया