काठमाडौं । समानुपातिक प्रणालीमार्फत संसद छिर्ने तयारीमा रहेका कान्तिपुर पब्लिकेशनका मालिक कैलाश शिरोहियाका छोरा सम्भव शिरोहियाको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा अटाएन ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक सूचीमा सम्भव शिरोहियाको नाम कतै पनि नदेखिएपछि राजनीतिक वृत्तमा चासो बढेको छ। केही समयदेखि उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग निकट देखिँदै आएका थिए। बालेनसँग चुनावी सहकार्यका लागि ‘खुट्टा उचालेर बसेको’ चर्चा चलेको भए पनि अन्ततः रास्वपाको सूचीमा उनी अटाउन सकेनन्।
स्रोतका अनुसार सम्भव शिरोहिया समानुपातिकतर्फबाट संसद प्रवेशको तयारीमा थिए। तर रास्वपाले बुझाएको अन्तिम सूचीमा उनको नाम नपरेपछि बालेनले ल्याउन चाहेनन् वा रास्वपाले रोक्यो ? भन्ने चर्चा पनि छ।
यस विषयमा शिरोहियाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।









प्रतिक्रिया