२५ जेष्ठ २०८३, सोमबार

रूसी राष्ट्रपतिको भवनमा युक्रेनले आक्रमण गरेको हो ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ९१ वटा ड्रोनमार्फत आक्रमण गरेको आरोप लगाएको छ ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले देशको उत्तरपश्चिमस्थित नोभगोरोड क्षेत्रमा पर्ने पुटिनको सरकारी निवासमा किएभले रातभरिमा ९१ वटा लामो दूरीको मानवरहित हवाईवाहन (यूएभी) प्रयोग गरेर हमला गरेको दाबी गरेका हुन्।

तर युक्रेनले भने आरोप अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा कुनै आक्रमण नगरेको र शान्ति वार्ता अन्यत्र मोड्न आरोप लगाइएको दावी गरेका हुन् ।

रुसले घटनापछि वार्ताको आफ्नो अडान पुनः समीक्षा गर्ने संकेत गरेको छ भने अमेरिकाले दाबीबारे पुष्टि भइनसकेको जनाएको छ। घटनाका बेला पुटिन कहाँ थिए भन्ने खुलाइएको छैन।