१ असार २०८३, सोमबार

आज झण्डै ८ हजारले घट्यो सुनको मूल्य

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज सुनको मूल्य झण्डै आठ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ७ हजार ९ सयले घटेको हो । सुन आज तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।