काठमाडौं । नेपाली काँग्रेस समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सकिएपछि निर्वाचन आयोग पुगेको छ ।
आयोगले सूची बुझाउन पुस १३ र १४ गतेको समय दिएकोमा काँग्रेस आज बल्ल १५ गते सूची लिएर आयोग पुगेको हो । तर यसअघि सोमबार दिउँसै कांग्रेस नेता विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए।
समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति शेरबहादुर देउवाको डिजिटल हस्तारलाई आयोगले मान्यता नदिँदा फेरि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल सहितका नेता सूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए। देउवाको हस्ताक्षरपछि सूची लिएर नेताहरू आज बिहान मात्रै आयोगमा पुगेका हुन्।
आयोगले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ।








प्रतिक्रिया